काठमाडौं । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरिया नगरपालिका-१ स्थित बनकटवाबाट १२ किलो चरेस, विभिन्न किसिमका सामान र एउटा मोटरसाइकलसहित युवकलाई नियन्त्रणमा लिएको छ । भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जनकुमार महतोलाई शनिबार सशस्त्र प्रहरी बलको सुरक्षा बेस पोखरियाले नियन्त्रणमा लिएको हो । बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ केजी चरेस, ५ हजार ४२० भारतीय रुपैयाँ, १ थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच