धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलियो, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलियो, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अर्थ चौतारी

धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलियो, महाकाली तटिय क्षेत्रमा सतर्कता ...

A A- A+

बैतडीः भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ।

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि शनिबार विहान ८ः१५ मा बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई आइतबार सम्म सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?