रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय कार्यदल

रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय कार्यदल

अर्थ चौतारी

रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधन गर्ने भएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल बनाएको हो।विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।उनका अनुसार कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेका छन्।त्यो कार्यदलको बैठक आजै बसेर उपसंयोजक र सचिव तोक्ने बताए। आज गठित कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको बताए।यस्तै, बैठकले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?