काठमाडौं । सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ ।त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा. शंकर शर्मालाई निरन्तरता लिन चाहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।
एमाले समेत सम्मिलित प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आफूले नै फिर्ता बोलाउने निर्णय गराएको शर्मालाई निन्तरता दिँदा राम्रो सन्देश नजाने ओलीले बताएपछि नयाँ नाम खोजिएको थियो ।कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका अरुणकुमार सुवेदी पनि भारतका लागि राजदूत हुने दौडमा थिए । स्रोतका अनुसार उनीप्रति देउवा सकारात्मक पनि थिए । तर, एकाएक शंकरदास वैरागीले बाजी मार्ने अवस्था बनेको छ ।कांग्रेससम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री ओली वैरागी हाल रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद राखिराख्ने पक्षमा छैनन् । डा. बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन प्रचण्ड नेतृत्वको सरकारले वैरागीकै लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने शर्तमा वैरागीले कार्यकाल सकिनु ६ महिना अगाडि नै मुख्य सचिवबाट राजीनामा दिएका थिए । लगतै राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्त पत्र बुझेका थिए ।प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै नराख्ने भएपछि वैरागीको व्यवस्थापन गर्नु परेको भन्दै देउवाले भारतका लागि राजदूत बनाउने निर्णय लिएका हुन् । वैरागी पूर्व परराष्ट्र सचिव समेत हुन् । कांग्रेसका एक नेताका अनुसार अब चीन, रुस, अष्ट्रेलियालगायतका देशबाट हालका नेपाली राजदूत फिर्ता बोलाउने सम्भावना छ ।प्रचण्ड नेतृत्वको सरकारले गत २४ जेठमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि भारतमा नेकपा एमालेबाट पूर्वमुख्यसचिव डा. लोकशर्दन रेग्मी र अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेसहित ८ देशका लागि नाम सिफारिस गर्ने निर्णय भएपनि निर्णय प्रमाणीकरण नहुँदै नयाँ गठबन्धन सरकार बनेको थियो ।अब नयाँ निर्णय गरेर अन्य देशबाट समेत राजदूत फिर्ता बोलाएपछि एकमुष्ट रुपमा नयाँ नाम सिफारिस हुनसक्ने स्रोतको दाबी छ । एक नेता भन्छन्, प्रदेश सरकारहरुले पनि पूर्णता दिएपछि राजदूत सिफारिसको प्रक्रिया सुरु होला ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच