काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए ।त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने ती चिकित्सकले बताए ।अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेका छन् । बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच