जहाज दुर्घटनापछि प्रचण्डले भने- राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, घटनाको छानबिन होस्

जहाज दुर्घटनापछि प्रचण्डले भने- राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, घटनाको छानबिन होस्

अर्थ चौतारी

जहाज दुर्घटनापछि प्रचण्डले भने- राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, ...

A A- A+

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन्। १८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका हुन्। उनले भनेका छन्, ‘यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ। दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपिल गर्दछु। उनले पार्टीको तर्फबाट मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?