काठमाडौं । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परेर १५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् । यो अवधिमा प्राकृतिक विपद्मा परेका १०८ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । पहिरो, बाढी लगायत विपद्बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्बाट २८ जेठयता ७४३ पशु चौपायको मृत्यु भएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच