प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

अर्थ चौतारी

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको ...

A A- A+

काठमाडौं- नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।
पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । जसमा १५ जनाको मृत्यु भएको छ भने चारजनाको उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धार गरिएकाध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?