काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्डयनकर्मीका लागि जारी गरिने सूचना (नोटाम) जारी गरेको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि १२ : ४५ सम्मका लागि कार्यालयले नोटाम जारी गरेको हो । सौर्य एयरलाइन्स जहाज दुर्घटना : पौने १ बजेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।त्यस्तै बैंककबाट थाई एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । त्यसैगरी ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पनि होल्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच