एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको छ।
भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे। वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४७ रन जोडे।१४ ओभरसम्म पहिलो विकेटका लागि साझेदारी गर्दा उनीहरु दुई मिलेर १२२ रन जोडेका थिए। दुवैको विकेट नेपालकी सीता रानामगरले लिइन्।
यस्तै कविता जोशीको एलबिडब्लूको धरापमा पर्नुअघि सन्जिवन सजनाले १० रन बनाइन्। यस्तै जमिमाहले १५ बलमा ५ चौका प्रहार गर्दै नटआउट २८ रन जोडिन्।
यसअघि पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग हारेको थियो।
नेपाललाई अन्तिम चारमा जित्न भारतलाई फराकिलो अन्तरले पराजित गर्नु पर्ने दबाब छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच