नेपालटारमा पैसा माग्दै हिँडेका सचिन परियारलाई प्रहरीले बाबुको जिम्मा लगायो

नेपालटारमा पैसा माग्दै हिँडेका सचिन परियारलाई प्रहरीले बाबुको जिम्मा लगायो

अर्थ चौतारी

नेपालटारमा पैसा माग्दै हिँडेका सचिन परियारलाई प्रहरीले बाबुको जिम्मा ...

A A- A+

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियार हिजो विजोक अवस्थामा फेला परे । स्वास्थ्य अवस्था ठीक नभएका उनी नेपालटारमा मानिसहरुसँग ‘के छ हजुर ?’ भन्दै पैसा मागिरहेका थिए ।पानीपुरी बेच्ने एक स्थानीय महिलाले उनलाई चिनेर सोधपुछ गरिन् । महिलाका अनुसार सचिनको हातमा एक–डेढ सय रुपैयाँ थियो । सचिनले भोक लागेको बताएपछि उनले पुरी र बदाम जुस खान दिइन् । लगत्तै सचिनले वान्ता गरे । सुरुवालभरि दिशापिसाब गरे । त्यसपछि उनलाई धोइपखाली गरेर राखिन् । केहीबेरमा स्थानीयबासीहरु जम्मा भए । उनीहरुले युट्युबर भोजराज थापालाई फोन गरे । थापा दगुर्दै आए । उनले सचिनसँग कुराकानी गरेर भिडिओ बनाए । भिडिओमा सचिनले आफूलाई बुबाले कुट्ने गरेको बताएका छन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएर त्यहाँबाट सचिनलाई उठाएर बाइकमा लिएर हिँडे । उनलाई बालाजु वृत्तमा पुर्याइयो । डीएसपी रामकुमार दानीका अनुसार सचिनलाई हिजै बुबा तेजेन्द्र परियारको जिम्मा लगाइएको छ । प्रहरीले नै परियारलाई छोरा लिन बोलाएका थिए । सचिनका बुबा टोखामा बस्ने गर्छन् । बुबाले आफूलाई माग्न पठाउने गरेको सचिनले बताएका छन् । कलौटे नामले परिचित तेजेन्द्र परियार केही समयअघि काठमाडौंमा दोहोरी साँझको मालिक बनेको भन्दै भाइरल बनेका थिए । उनले एउटा म्युजिक भिडिओसमेत खेलेका थिए । तर, अहिले उनी पुरानै अवस्थामा फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?