सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे

sf7df8f}F, !! c;f/M k|ltlglw;ef a}7sdf dGqL ls/ftL ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL ;'bg ls/ftL ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf dGqfnocGtu{t ljlgof]hg ljw]os @)*) sf] ljleGg zLif{sdflysf] 5nkmndf p7]sf k|Zgsf] hjfkm lbg'x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;

सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे

अर्थ चौतारी

सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो ...

A A- A+

काठमाडौं- नेकपा माओ‌वादी केन्द्रका सांसद सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले वर्तमान सरकारको चित्र हेर्दा संसदीय लोकतन्त्र र समावेशी सिद्धान्तको धज्जी उडाएको टिप्पणी गरेका हुन् । काशी जान्छु भनेर निर्माण भएको कांग्रेस–एमाले गठबन्धन सरकार कुतीको बाटोमा लागेको भन्दै किरातीले कटाक्ष पनि गरेका छन् । पूर्वपर्यटनमन्त्री किरातीले लोकतन्त्रमा संख्या मात्रै सबै कुरा नहुने दाबी गरे । प्रमुख प्रतिपक्षीलाई सानो हेप्न खोजिएको पनि उनले गुनासो गरे। लोकतन्त्रमा संख्या भन्दा मुद्दाले स्थान पाउनुपर्ने उनले बताए । ‘सांसदहरूको संख्याले सबै कुरा हुने भए किन महाकाली सन्धिमा राष्ट्रघात भयो ?’, उनले प्रश्न गरे ।

‘काशी जान्छु भनेर बनेको सरकार कुतीको बाटो लागेको छ । यो देश तीन करोड नेपालीको हो । हाम्रो पनि हो । प्रतिपक्षी सानो छ भनेर ठूलो स्वरले हेप्न थालिएको छ’, उनले भने, ‘लोकतन्त्रमा आकारले होइन, मुद्दाले स्थान पाउँछ । आकारले नै सबै हुने भए महाकाली सन्धिमा राष्ट्रघात किन राष्ट्रघात भयो ?’

नेता किरातीले निवर्तमान सरकारको पालामा छानबिनमा तानिएकालाई वर्तमान सरकारले मन्त्री बनाएर उपहार दिएको टिप्पणी गरे । ‘वर्तमान सरकार सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षालगायतविरुद्ध रहेको कुरा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रष्ट भइसकेको छ’, उनले भने । उनले हिजो भ्रष्टाचारमा तानिएकाहरू आज मन्त्री भएको भन्दै एमाले र कांग्रेसको कटाक्ष गरे ।

‘सरकार बदलिएसँगै धेरै कुरा बदलिएको छ । हिजो छानबिन उठ्दा केही मान्छे सीमा नाघ्यो भन्थे, देश छोड भन्थे । पुरस्कारस्वरुप आज उनीहरू ठूला मन्त्री भएका छन् ’, किरातीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा प्रधानमन्त्रीज्यूको हिजोको भाषणबाटै थाहा भयो । यहाँहरूले जनतालाई मुर्ख बनाउनु भएको छ । संविधान संशोधनको जामा लगाउनु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?