काठमाडौं ।आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
मिक्वाखोला गाउँपालिका–५, चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले २ तले घर पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट भएको छ ।
ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच