टीआरसी सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

टीआरसी सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

अर्थ चौतारी

टीआरसी सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

A A- A+

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका हुन् । बिहान ११ बजेदेखि बैठकमा बस्न लागेको एक नेताले बताए । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेकाे कार्यदलकाे कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बाेलाएकाे एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?