प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

अर्थ चौतारी

प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

A A- A+

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले लत्याएको छ ।सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगले दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएको एक बोर्ड सदस्यले  बताए ।‘यस विषयमा वृहत छलफल भए पनि निष्कर्ष निस्कन सकेन’ प्राधिकरणका एक बोर्ड सदस्यले भने । यस विषयमा मन्त्री तथा सञ्चालक समिति अध्यक्ष र एमडीले ठोस प्रस्ताव ल्याउने र निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए ।मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा लाइन काटेकाले नियमन आयोगको पत्रका आधारमा अहिले जोड्न नसकिने तर्क घिसिङले राखेका थिए । यो विषय नियमन आयोगको क्षेत्राधिकारमा पर्ने कि नपर्ने भन्ने प्रश्न घिसिङले गरेका थिए ।डेडिकेटेड र ट्रंकलाइनको बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले ६ उद्योगको लाइन काटिदिएको थियो । डेडिकेडेट फिडर र ट्रंक लाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । यहीं विवादका कारण पटक पटक उद्योगीहरुको लाइन काटिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?