झरी छल्दै पशुपतिनाथमा ब्रतालु (तस्बिरहरू)

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

झरी छल्दै पशुपतिनाथमा ब्रतालु (तस्बिरहरू)

अर्थ चौतारी

झरी छल्दै पशुपतिनाथमा ब्रतालु (तस्बिरहरू)

A A- A+

काठमाडौं- साउनलाई भगवान् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनामा खास सोमबारलाई विशेष मानिन्छ । भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि ब्रतालु र श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा र आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबार भक्तजनको भीड लाग्छ । यस वर्षको साउनको पहिलो सोमबार ब्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?