ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर

ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर

अर्थ चौतारी

ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती ...

A A- A+

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने बताएका छन् । स्वर्ग र नर्क सँगै जाने भनेर एकजनालाई धोका दिइएको उनले टिप्पणी गरे । आज संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालको भनाइः
‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । सुन्दै आनन्द लाग्ने कुरा । तर, आफू स्वर्गतिर लाग्यो… अर्कोलाई लात्ति हिर्काएर नर्कतिर… । अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?