काठमाडौं । बाल–गायक अशोक दर्जी र गायक टंक बुढाथोकीको स्वरमा समावेश ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ बोलको गीत निकै चर्चामा रह्यो । यो गीतले अशोकलाई स्थापित पनि गर्यो । अब, यही गीतको बोलमा फिल्म बन्ने भएको छ । फिल्मलाई गायक टंक वुढाथोकीले नै निर्माण गर्ने भएका छन् ।
फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । शिवम्ले कथा लेखेर टंकलाई वुझाइसकेका छन् । यो फिल्ममा अशोक दर्जीकै अभिनय रहने वुझिएको छ । निर्माणपक्षले यसको बारेमा अहिलेसम्म केही पनि बोलेको छैन ।
लण्डनमा बस्दै आएका विनय अधिकारीसँग मिलेर टंकले यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन पनि टंक आफैले गर्ने तयारी गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच