साधना घिमिरेको कविता संग्रह ‘साधनाको साधना’ भोलि  विमोचन हुँदै

साधना घिमिरेको कविता संग्रह ‘साधनाको साधना’ भोलि विमोचन हुँदै

अर्थ चौतारी

साधना घिमिरेको कविता संग्रह ‘साधनाको साधना’ भोलि विमोचन हुँदै

A A- A+

काठमाडौं,२ असोज ।  अपाङ्गता-अभिभावक समाज नेपालकी सदस्य तथा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत साधना घिमिरेको कविता संग्रह भोलि (बिहीबार) विमोचन हुने भएको छ ।

घिमिरेको पहिलो कृति साधनाको साधना कविता संग्रह बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको उपस्थितिमा विमोचन हुने कार्यक्रम छ ।

दिउँसो २ः०० बजे सतुङ्गलस्थित जेसिस स्कुलमा पुस्तक विमोचन कार्यक्रम सुरु हुने अपाङ्गता-अभिभावक समाज नेपालले जनाएको छ । कक्षा १० मा अध्ययनरत घिमिरे फरक शारिरीक क्षमताकी विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?