काठमाडौं । आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् ।
आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो ।
आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच