वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

मन्त्री यादव–निर्देशन काठमाडौँ, ३ साउनः खानेपानी मन्त्री प्रदीप यादव बिहीबार काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप–आयोजना–२ का कर्मचारीहरुसँग काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरुको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे आफ्नो मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिँदै । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

अर्थ चौतारी

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

A A- A+

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए। उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिए। उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गरे । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?