झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा

झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा

अर्थ चौतारी

झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा ...

A A- A+

झापा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको निन्दा खेलामा पानीको सतहले खतरा तह पार गरेको छ। बिहीबार बिहान साढे ७ बजे त्यहाँ पानीको तह १२५ दशमलव ७८६ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। त्यहाँ पानीको सतह १२२ दशमलव ५ मिटर कटेपछि खतरा तह मानिन्छ। झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा राति भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने बिरिङ, अदुवा र अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज दिउँसो कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकोले आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?