ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

अर्थ चौतारी

ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

A A- A+

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लाग नयाँ अपडेट ल्याएको छ, जसमा प्रयोगकर्ताले क्याप्सन सहितका तस्वीर आदानप्रदान गर्न सक्दछन् ।ह्वाट्सएपको यो अपडेट गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यसका लागि देहायको विधि अबलम्बन गर्नुहोस् :

  • आफ्नो स्मार्टफोनमा रहेको ह्वाट्सएप अपडेट गर्नुहोस् र एप खोल्नुहोस्
  • क्याप्सनसहितको फोटो प्राप्त गरेको सम्बन्धित च्याटमा जानुहोस्
  • फोटोलाई सेलेक्ट गर्नका लागि लामो समयसम्म थिच्नुहोस् र forward बटनमा ट्याप गर्नुहोस्
  • अर्को स्क्रिनमा आफूले फोटो शेयर गर्न खोजेको व्यक्तिको कन्ट्याक्ट छान्नुहोस् । त्यहाँ फोटो र यसको क्याप्सन सहितको नयाँ सेक्सन पनि देखिनेछ।
  • क्याप्सन सहितको फोटो पठाउनका लागि Send बटन थिच्नुहोस् । यदि तपाईंले फोटोमा क्याप्सन संलग्न गर्न चाहनुहुन्न भने क्याप्सनको दायाँपट्टि रहेको ह् मा थिच्नुहोस् । तपाईंले X मा थिचेर आफ्नै क्याप्सन लेखेर पनि पठाउन सक्नुहुन्छ।

ह्वाट्सएपमा सुरु गरिएको यो नयाँ फिचर विस्तारै सबै प्रयोगकर्तालाई उपलब्ध गराउने मेटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?