नेपाली कांग्रेसले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छनोट गर्न मापदण्ड बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले मापदण्ड बनाएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री पठाइने मापदण्ड बनाइएको बताए ।
महतले सकेसम्म कांग्रेसले सबै मन्त्रीहरूको नाम एकैपटक पठाउने जानकारी दिए ।
कांग्रेस र एमालेको नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री बन्दै छन् । कांग्रेस र एमालेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नयाँ सरकार बनाउनका लागि दाबी पेस गरिसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड संसदमा विश्वासको मत पाउन असफल भएपछि उनको सरकार ढलेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच