नारायणी नदीले दुई वटा बस बगायो, ६० भन्दा बढी यात्रु बेपत्ता

नारायणी नदीले दुई वटा बस बगायो, ६० भन्दा बढी यात्रु बेपत्ता

अर्थ चौतारी

नारायणी नदीले दुई वटा बस बगायो, ६० भन्दा बढी ...

A A- A+

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको छ।  बगाएका दुई वटै बस नारायणी नदीमा बेपत्ता रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा अविरल वर्षासँगै लेदोसहितको पहिरो खस्दा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस आज बिहान साढे ३ बजे नारायणीमा नदिमा खसेका हुन्।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना रहेका थिए। घटनास्थलमा अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ३५  जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन छन्। पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध छ।

 

यस्तै भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमाथि ढुङ्गा खस्दा बस चालककाे मृत्यु भएकाे छ। लेदो सहित पहिराे खस्दा बसलाई ढुङ्गाले थिचेको हो ।

 

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-४ का ३६ वर्षीय मेगनाथ बिक रहेका छन्। उनलाई गम्भीर घाइते अवस्थामा उपचारको लागि भरतपुर तर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?