तोडियो ३७ वर्ष पुरानो कीर्तिमान

तोडियो ३७ वर्ष पुरानो कीर्तिमान

अर्थ चौतारी

तोडियो ३७ वर्ष पुरानो कीर्तिमान

A A- A+

काठमाडौँ । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् ।विश्व च्याम्पियन माहुचिखले २.१० मिटरको छलाङ मार्न सफल भइन् । यसअघि बुल्गेरियाकी स्टेफ्का कोस्टाडिनोभाले सन् १९८७ मा रोमा २.०९ मिटरको रेकर्ड राखेकी थिइन् ।२२ वर्षीया खेलाडीले भनिन्, ‘यो प्रतियोगितामा आउँदा मलाई २.०७ देखि २.१० मिटरसम्म छलाङ मार्न सफल हुन्छु भन्ने लागेको थियो । अन्ततः मैले एथ्लेटिक्सको इतिहासमा युक्रेनको नाम लेख्न सफल भएँ ।’उता, फेथ किप्येगोनले महिला १५ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउन सफल भइन् । उनले गत वर्ष फ्लोरेन्समा आफैले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् ।केन्याकी किप्येगोनले ३ मिनेट ४९.०४ सेकेन्डमा दौड पूरा गरिन् । यसअघि उनले ३ मिनेट ४९.११ सेकेन्डमा दौड पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?