बागलुङ, स्याङ्जा र गुल्मीमा पहिरोमा परी ९ जनाको ज्यान गयो

बागलुङ, स्याङ्जा र गुल्मीमा पहिरोमा परी ९ जनाको ज्यान गयो

अर्थ चौतारी

बागलुङ, स्याङ्जा र गुल्मीमा पहिरोमा परी ९ जनाको ज्यान ...

A A- A+

काठमाडौंर । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटास्थित भेषबहादुर विकको घर पुरिँदा विक परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीद्वय सपना र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिय ।

यस्तै, शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोमा परी प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिय ।

पहिरो शनिबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिय।

यस्तै, स्याङ्जामा गएरातिको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उहाँकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?