भजनीका नगरपालिकाको वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई बस्तीमा वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी डोजर चलाएको छ । वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झन्डै पाँच सय परिवारलाई हटाएर २० हेक्टर ३० बिघा क्षेत्र खाली गराएको छ ।

सो क्षेत्रका मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ । वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काउन थालिएको छ । भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दै आएका थिए ।

भजनीका नगरप्रमुख केवल चौधरीले भने वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाएका छन् ।











पश्चिम टुडेबाट साभार गरियको।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच