कति दबाबपूर्ण छ ‘सुपर आठ’? यस्तो रह्यो समूहचरणको गणित

कति दबाबपूर्ण छ ‘सुपर आठ’? यस्तो रह्यो समूहचरणको गणित

अर्थ चौतारी

कति दबाबपूर्ण छ ‘सुपर आठ’? यस्तो रह्यो समूहचरणको गणित

A A- A+

काठमाडाैँ – टी–२० विश्वकपमा ‘सुपर आठ’ चरण आजबाट सुरु हुँदै छ। १८ जुन सम्ममा कुल ४० खेल भएका छन्। समूहचरणका यि सबै खेलमा १६ खेलाडीले ५ भन्दा बढी छक्का प्रहार गरेका छन्। यस्तोमा ‘सुपर आठ’ मा पुगेका उपाधि दाबेदार टोलीमा भारत तुलनात्मक रुपमा कम स्कोरिङ खेलमै शतप्रतिशत नतिजा सहित अन्तिम आठमा स्थान बनाउन सफल भयो।उसका कुनैपनि खेलाडी शीर्ष १० ब्याटिङ र बलिङमा अटाउन सकेका छैनन्। उसका लागि सर्वाधिक छक्का रोहित शर्माले ४ छक्का प्रहार गरेका छन्। त्यसोत समूहचरणका ४० खेलमा १२ पटक १०० भन्दा कम स्कोर बन्यो।

अमेरिकामा लो स्कोरिङ खेल, तीन खेल नतिजाविहीन

समूहचरणमा १६ खेल अमेरिकाका विभिन्न ३ शहरमा आयोजना भएको थियो। जसमा ९ खेल लक्ष्य पछ्याउने अर्थात चेज गर्ने टिमले जित्दा ३ खेल पहिले ब्याटिङ गर्ने टोलीले जिते। यस्तोमा एक खेल बराबरी हुँदा अन्य ३ खेल वर्षाका कारण नतिजाविहीन बने। अमेरिकामा एउटा पनि खेलमा २०० रनको आँकडा पुरा भएन। १२ पटक टिमले १ सय २० भन्दा कम स्कोर बनाए। यसमा पनि दुई पटक १०० भन्दा कम बने। अमेरिकामा लो(स्कोर बन्यो तर हरेक जसो खेल प्रतिस्पर्धात्मक बने। अमेरिकामा बनेको हाइस्कोरिङ खेल अमेरिका र क्यानडा बिच डालसमा भएको थियो। उक्त खेलमा अमेरिकाले १ सय ९७ रन बनाएको थियो। लो स्कोरिङ खेलका रुपमा श्रीलंका र दक्षिण अफ्रिकाबिच रह्यो। उक्त खेलमा श्रीलंका ७७ रनमा समेटिएको थियो।

वेस्टइन्डिजमा १० पटक १०० भन्दा कम स्कोर

वेस्टइन्डिजका ६ मैदानमा समूहचरणका २४ खेल भए। १२ खेलमा पहिले ब्याटिङ गर्ने टिमले जित्दा १० खेलमा पहिले बलिङ गर्ने टिमले जित हासिल गरे। यहाँ पनि एक खेल बराबरी हुँदा अर्को एक खेल वर्षाका कारण नतिजाविहीन बन्यो।

वेस्टइन्डिजमा तीन टिमले २ सय प्लसको स्कोर बनाए। जहाँ १० टिमले १ सय भन्दा कम स्कोरमा समेटिए। युगान्डाले कुनैपनि खेलमा १ सयको आँकडा पुरा गरेन। उसको सर्वाधिक रनका रुपमा ७८ रन रह्यो। यद्यपि पपुवान्युगिनीलाई राजित गर्दै विश्वकपमा पहिलो जित भने निकाल्यो। वेस्टइन्डिजमा हाइस्कोरिङ खेल वेस्टइन्डिज र अफगानिस्तानबिच २ सय १८ रन रहेको थियो। सर्वाधिक कम स्कोर युगान्डा र वेस्टइन्डिजबिच ३९ रन भएको थियो।

समूहचरणमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

समूहचरणमा कुल १६ खेलाडीले १ सय भन्दा बढी रन बनाए। तर कुनैपनि भारतीय खेलाडीले १ सय रनको आँकडा पुरा गर्न सकेनन्। भारतका लागि समग्रमा सर्वाधिक रन ऋषभ पन्तको ९६ रन रह्यो। पहिलो चरणमा पाकिस्तानका बाबर अजामले १ सय २२ रन बनाउँदा मोहम्मद रिजवानले १ सय १० रन बनाए। सर्वाधिक रन भने अफगानिस्तानका रहमानुल्लाह गुरबाजको नाममा रह्यो। उनले कुल १ सय ६७ रन बनाए।

सर्वाधिक रन बनाउने शीर्ष पाँचमा गुरबाज शीर्ष स्थानमा रहँदा निकोलस पुरन १ सय ६४ रनका साथ दोस्रो, मार्कुस स्टोइनिस १ सय ५६ रनका साथ तेस्रो र इब्राहिम जादरान १ सय ५२ सहित चौंथो स्थानमा रहँदा ट्रेविस हेड १ सय ४८ रनका साथ पाँचौं स्थानमा रहे।

एउटा पनि प्रहार भएन शतक

समूहचरणमा २६ अर्धशतक प्रहार भए। तर कुनैपनि खेलाडीले शतक बनाउन भने सकेनन्। एकै इनिङमा सर्वाधिक उच्च स्कोर वेस्टइन्डिजका निकोलस पुरनको नाममा रह्यो। उनले समूहचरणको अन्तिम खेलमा अफगानिस्तान विरुद्ध ९८ रन बनाए। यो अहिले सम्मको सर्वाधिक उच्च स्कोर रहेको छ। समूहचरणमा इन्डिभिजुअल उच्च रन प्रहार गर्ने पाँच खेलाडीमा निकोलस पुरन शीर्ष स्थानमा रहँदा अमेरिकाका एरोन जोन्सले क्यानडा विरुद्ध अविजित ९४ रनका साथ दोस्रो रहमानुल्लाह गुरबाजले न्युजिल्यान्ड विरुद्ध ८० रन बनाउँदा तेस्रो स्थानमा रहे। त्यस्तै अफगानिस्तानकै रहमानुल्लाह गुरबाजले युगान्डा विरुद्ध ७६ रन बनाउँदा अफगानिस्तानका अर्का खेलाडी इब्राहिम जादरानले युगान्डा विरुद्धनै ७० रन बनाएर पाँचौं स्थानमा रहे।

सर्वाधिक छक्का प्रहार गर्ने अमेरिकाका जोन्स

समूहचरणमा कुल १६ खेलाडीले ५ या सो भन्दा बढी छक्का प्रहार गरे। एरेन जोन्सले ३ खेलबाट १३ छक्का प्रहार गरे। त्यस्तै निकोलस पुरनले ४ खेलमा १३ छक्का प्रहार गर्दा मार्कुस स्टोइनिसले ४ खेलबाट १० छक्का र रहमानुल्लाह गुरबाजले ४ खेलबाटै १० छक्कानै हिर्काए। त्यस्तै ट्रेविस हेड ४ खेलबाट ९ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको पाँचौ स्थानमा रहे।

सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा फारुखी

समूहचरणमा ८ खेलाडीले ८ भन्दा बढी विकेट लिए, जसमा भारतका कुनैपनि खेलाडीको नाम छैन्। हार्दिक पाण्ड्या र अर्शदीप सिंहले ७–७ विकेट लिए। सर्वाधिक विकेट लिने पाँच खेलाडीको शीर्ष स्थानमा अफगानिस्तानका फजलहक फारुखी रहेका छन्। उनले ४ खेलाबाट १२ विकेट लिए। त्यस्तै न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ खलबाट ९ विकेट लिंदै दोस्रो स्थानमा रहे। वेस्टइन्डिजका अकिल होसेन ४ खेलबाट ९ विकेट लिंदै तेस्रो स्थानमा रहँदा दक्षिण अफ्रिकाका एनरिक नोर्त्य ४ खेलबाट ९ विकेट सहित चौंथो र समान ४ खेलबाट ९ विकेट सहित बंगलादेशका तंजीम हसन सकिब पाँचौं स्थानमा रहे।

२ खेलाडीले लिए एकै इनिङमा ५ विकेट

अफगानिस्तानका फजलहक फारुखी र वेस्टइन्डिजका अकिल हुसेनले एकै इनिङमा ५ विकेट हासिल गरे। दुबै खेलाडीले युगान्डा विरुद्ध ५–५ विकेट लिएका थिए। भारतका अर्सदीप सिंहले अमेरिका विरुद्ध ७ रन दिएर ४ विकेट लिए। भारतका लागि विश्वकपमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक राम्रो बलिङ स्पेल हो।

सर्वाधिक साँघुरो जित दक्षिण अफ्रिकाको

विश्वकपको समूहचरणमा सर्वाधिक साँघुरो जित दक्षिण अफ्रिकाले नेपाल विरुद्ध निकालेको १ रनको जित रह्यो। त्यसोत दक्षिण अफ्रिका भाग्यमानि यो अर्थमा पनि रह्योकी उसले समूहचरणमै दोस्रो कम रनको जित पनि आफ्नै नाममा बनायो। अर्थात् बंगलादेश विरुद्ध ४ रनको जित दोस्रो कम रन स्कोरको रुपमा रह्यो। तेस्रो कम रन स्कोरका जितका रुपमा भारतले पाकिस्तान विरुद्ध ६ रनको जित निकालेको थियो।

त्यस्तै समूहचरणमा तीन टिमले शतप्रतिशत जित निकाले जसमा अस्ट्रेलिया, वेस्टइन्डिज र दक्षिण अफ्रिका रहँदा समूहचरणमा शतप्रतिशत खेल हार्ने टिमका रुपमा ओमान र पिएनजी रहे। आयरल्यान्ड र नेपालले पनि कुनै खेल जितेनन् तर वर्षाका कारण खातामा १–१ अङ्क हासिल गर्न सफल भए। युगान्डा, नामिबिया र नेदरल्यान्ड्सले पनि ३–३ खेल गुमाएका थिए। तर यी तीनै टिमले १–१ जित भने निकालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?