सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको बेरुजु निरन्तर उकालो लागेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/२०८० सम्म आइपुग्दा घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/२०८० मात्रै २ करोड ९८ लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेस गर्नुपर्ने र पेस्की लगायतको शीर्षकमा बेरुजु देखिएको छ । गत आर्थिक वर्षको बेरुजु रकममध्ये ६५ लाख ५१ हजार असुल गर्नुपर्ने देखिन्छ । ९६ लाख २१ हजार रुपैयाँ बराबरको बेरुजुको प्रमाण कागजात पेस गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । नियमित गर्नुपर्ने बेरुजुमा १ करोड ३३ लाख ४३ हजार छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच