सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ चौतारी

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

A A- A+

काठमाडौँ । आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो पनि यही मूल्य थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० रुपैयाँ छ ।यसैगरी, आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ । सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?