काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका निम्ति लोकतान्त्रवादी शक्तिले सोच्ने बेला आएको बताएका छन् । डेढ वर्षमा प्रदेश र केन्द्र गरेर २३ पटक सरकार परिवर्तन भएको उनले उल्लेख गरे । उनले ‘अझै कतिपटक सरकार परिवर्तन हुने ?’ भन्दै प्रश्न गरे ।कांग्रेस नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा सुशासनको अभाव र भ्रष्टाचारले गाँजेको बताए । “राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छैन । आर्थिक विकास हुन सक्ने अवस्था छैन । सुशासन छैन, भ्रष्टाचारले गाँजेको छ,” उनले भने ।कांग्रेसको पुरानै साख फर्काउनुपर्ने भन्दै उनले थपे, “बीपी, शैलजालगायत नेता सम्झेर काम गरे कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सक्छौँ ।”नेता कोइरालाले शैलजा आचार्य साहसी नेत्री भएको स्मरण गरे । “चित्त नबुझे उहाँ कसैको कुरा सुन्नु हुन्न थियो । सामाजिक रूपान्तरणमा उहाँको योगदान धेरै छ,” उनले भने, “जलविद्युत्मा उहाँको योगदान कहिल्यै नबिर्सने काम हो ।”
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच