हिजो शपथ लिएका मोदीका यी मन्त्री किन छाड्न चाहन्छन् पद ?

हिजो शपथ लिएका मोदीका यी मन्त्री किन छाड्न चाहन्छन् पद ?

अर्थ चौतारी

हिजो शपथ लिएका मोदीका यी मन्त्री किन छाड्न चाहन्छन् ...

A A- A+

नयाँ दिल्ली । केरलबाट भाजपाका पहिलो सांसद बनेका अभिनेता तथा गायक सुरेश गोपीले मन्त्री पद छाड्ने आशयको धारणा व्यक्त गरेका छन् । आइतबार मात्रै उनले केन्द्रीय राज्य मन्त्रीको शपथ लिएका थिए । शपथ ग्रहण गरेपछि दिल्लीमा एक क्षेत्रीय च्यानलसँग कुराकानी गर्ने क्रममा गोपीले आफूले मन्त्री पद नमागेको अनि चाँडै नै आफूलाई मन्त्री पदबाट मुक्त गरिने आशा व्यक्त गरेका थिए ।आफूले फिल्महरू साइन गरेको र ती फिल्म पूरा गर्नै पर्ने भएकोले मन्त्री पद छाड्न लागेको उनले बताए । ‘म त्रिशूरको सांसदको रूपमा काम गर्नेछु,’ गोपीले भनेका छन् । गोपीले त्रिशूर संसदीय क्षेत्रबाट जीत हासिल गरेका थिए । उनी सो क्षेत्रबाट भाजपाका पहिलो सांसद हुन् । गोपीले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का उम्मेदवार वी एस सुनीलकुमारलाई ७४ हजार ६८६ मतले हराएका थिए ।आफ्नो उद्देश्य सांसदको रूपमा मात्रै काम  गर्ने भएको उनको भनाइ छ । ‘मैले त केही मागेको पनि थिइनँ ।  मलाई लाग्छ कि म छिट्टै पदमुक्त हुनेछु.....त्रिशुरका मतदाताहरूलाई कुनै समस्या छैन । म सांसदको रूपमा उनीहरूका लागि साँच्चै राम्रो काम गर्नेछु भन्ने उनीहरुले बुझेका छन् । मलाई कुनै पनि मूल्यमा आफ्नो फिल्म गर्नुछ,’ गोपीले भनेका छन् ।अघिल्लो निर्वाचनमा त्रिशूर सिटमा कांग्रेसले जितेको थियो । लोकसभा सांसद निर्वाचित हुनु अघि नै गोपी राज्यसभा सांसद भइसकेका थिए । सन् २०१६ मा उनलाई राज्य सभामा मनोनीत गरिएको थियो । उनको सो कार्यकाल सन् २०२२ सम्म रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?