कांग्रेसको व्यवसायी विकास विभागमा १० जना मनोनित

कांग्रेसको व्यवसायी विकास विभागमा १० जना मनोनित

अर्थ चौतारी

कांग्रेसको व्यवसायी विकास विभागमा १० जना मनोनित

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्य मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले पार्टी विधानको धारा २५ (९) १० जनालाई उक्त विभागको सदस्यमा मनोनित गरेका हुन् ।उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखमा गत भदै १५ मा पार्टी केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) मनोनित भएकी थिइन् । विभागीय जिम्मेवारी पाएको १० महिनापछि सभापति देउवाले १० जना सदस्य मनोनित गरेका हुन् । सदस्यमा मनोनित हुनेमा खगेन्द्र आचार्य, विश्वामित्र रिजाल, अशोककुमार साह, मुकेश गुप्ता, रबि सापकोटा, रामकृष्ण ढुंगेल, बिपिन राई, उपेन्द्र जोशी, वसन्त जोशी, र लक्ष्मी कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?