काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी र स्थानीयलाई धाकधम्की दिएर त्रसित बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए । व्यापार, व्यवसाय गर्नेहरूलाई आरोपीहरूले हातपात र लछार पछार समेत गरेको उजुरी परेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।अभिषेक सिंह बैङ्किङ कसुर मुद्दामा समेत फरार रहेको थाहा भएको छ । उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच