काठमाडौँ । अमेरिकाबाट नेपाली धमाधम डिपोर्ट भइरहेका छन् । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर जेठ २६ मा ३७ जना काठमाडौँ आएका थिए । उनीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमान मार्फत नेपाल फिर्ता भएका हुन् । त्यसयता पनि डिपोर्ट हुने क्रम रोकिएको छैन । जेठपछि पनि डिपोर्ट हुनेको सङ्ख्या २४ जना पुगेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले रातोपाटीलाई बताए । उनले भने, ‘धमाधम डिपोर्ट भएर आउने क्रम चलिरहेको छ ।’
२०२५ जनवरीदेखि अहिलेसम्म १९७ जना डिपोर्ट भएर फर्केको उनले बताए । रिजालले भने, ‘पछिल्लो साढे ६ महिनामा १९७ जना डिपोर्ट भएर फिर्ता हुनुभएको छ ।’ सो अवधिमा अमेरिकाले दुई पटक चार्टर्ड विमानमार्फत नेपालीहरूलाई फिर्ता पठाएको छ । रिजालका अनुसार नियमित उडानबाट फाट्टफुट्ट नेपालीहरू आउने क्रम जारी छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच