काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले रसुवा विपद्का घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए। मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए । हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको उनले बताए ।
मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गरिएको जानकारी दिए । नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको उनले बताए। उनले सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको उल्लेख गरे। उनले बिपद्का घटनामा परेका नागरिकका परिवारलाई उचित राहत प्रदान गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै,गृहमन्त्री लेखकले भिजिट भिसाका बिषयमा रास्वपाले अलि बढि नै अनावश्यक बिषय उठान गरेको बताए। उनले केहि बर्ष अगाडी रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको सुनेको भन्दै भिजिट भिसामा अमेरिका गएको हो कि होइन ? जानकारी गराउन आग्रह गरे । भिजिट भिसामा अमेरिका गएर त्यहीको नागरिकता लिएको भए भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताको कार्यकर्ताहरुले अर्कोलाई धेरै नैतिकताको कुरा पढाउनुहुन्छ कि हुँदैन ? भन्दै उनले प्रश्न समेत गरे ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको औपचारिक स्पेन भ्रमणका बिषयमा रास्वपाका सांसदहरुले अनावश्यक चर्चा चलाएको जिकिर गरे।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच