काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको हो । उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको ०४७ सालको अन्तरिम सरकारमा रेग्मी आवास तथा भौतिक योजनामन्त्री थिए ।
पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मीले कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरेर पूर्वमन्त्री रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त
गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच