नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु

अर्थ चौतारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु

A A- A+

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु बैठकमा बिभिन्न १३ वटा एजेन्डामा छलफल भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने उनले बताए ।

त्यस्तै अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने उनले बताए । प्रवक्ता महतले भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

त्यस्तै क्रियाशिल सदस्य नविकरणका बिषयमा महामन्त्रीले बैठकमा जानकारी गराएका थिए । त्यस्तै संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिताका बारेमा मन्त्रीहरुको प्रतिवेदन आएपछि सदस्यहरुले धारणा राख्ने प्रवक्ता महतले बताए । बैठक केहि दिन चल्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?