प्रचण्डले शिक्षा विधेयक  पास गर्न सरकारलाइ  अनुरोध गरे

Unified Communist Party of Nepal (Maoist) chairman, Pushpa Kamal Dahal, also known as 'Prachanda' addresses a press conference in Kathmandu on February 4, 2010. Maoist leader Prachanda announced plans to launch a fresh round of anti-government protests from February 13. The Maoists fought a decade-long guerrilla insurgency against the state and are now the main opposition party. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)

प्रचण्डले शिक्षा विधेयक पास गर्न सरकारलाइ अनुरोध गरे

अर्थ चौतारी

प्रचण्डले शिक्षा विधेयक पास गर्न सरकारलाइ अनुरोध गरे

A A- A+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् ।
आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले यस्तो बताएका हुन् ।महासंघका पदाधिकारीहरू प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरे ।शिक्षकसागको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको स्मरण गरे ।
जवाफमा अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताए । उनको सचिवालयका अनुसार प्रचण्डले भनेका छन्, ‘हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं ।’
अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने बताए । प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आफ्नो राय रहेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?