काठमाडौँ। राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ ।
बुधबार काठमाडौंको एक पार्टी प्यालेशमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो । बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नारावाजी गरेका थिए ।
बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नारावाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए ।
त्यसपछि संयोजक सुवेदीले पहिलोे चरणको आन्दोलनबाट आफु उत्साहित भएको भन्दै छिटै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिवद्धता जनाए ।
सुवेदीले सभा बिसर्जन गरेपछि सोहि स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच