काठमाडौँ । भोलि हुने राजावादीहरूको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै काठमाडौँ कब्जा गर्ने नाममा एमाले कार्यकर्ताले आफूहरूको कार्यक्रममा अवरोध गरे प्रतिकार गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले यस्तो चेतावनी दिएका हुन् । तर उनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने र कुनै पनि हिंसात्मक गतिविधि नहुने बताए ।
‘स्वयंसेवक घोषणा गरिएका र जिम्मेवारी दिएका युवाहरू मात्र स्वयंसेवक होइन । तपाईं प्रत्येक सहभागी र कार्यकर्ताहरू स्वयंसेवक भएर अगाडि बढ्नुपर्छ । र, तपाईंको छेउमा आउने कुनै पनि मानिस ढुङ्गा हान्न खोज्छ, हिंसात्मक क्रियाकलाप गर्न उद्यत हुन्छ भने निगरानी मात्र होइन तुरुन्तै पक्रनुस्’, लिङ्देनले आफ्नो कार्यक्रममा घुसपैठ हुनसक्ने सम्भावना रहेकाले सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘त्यो सरकारको तर्फबाट घुसपैठ गरेको पनि हुनसक्छ । हाम्रै पनि कोही साथी उत्तेजित छ भने उसलाई सम्झाउनुस्’, उनले भने, ‘अहिले हामीले कुनै पनि प्रकारको हिंसा भड्काउने र आन्दोलनलाई हिंसात्मक बनाउने योजना बनाएको छैन ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच