रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेसी प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेसी प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

अर्थ चौतारी

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेसी प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन संयुक्त इजलासमा तोकिएको छ ।लामिछानेको रिटको पेसी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको हो ।लामिछानेको उक्त रिट निवेदन पटक पटक हेर्न नमिल्नेमा परेर स्थगित हुँदै आएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । उनले रिटमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरेकी छिन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?