काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने

काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने

अर्थ चौतारी

काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन ...

A A- A+

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् ।

बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो ।

छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उहाँको भनाइ छ ।

यतिखेर भने काठमाण्डौमा हिजोअस्ति जत्तिकै प्रदूषण छ र विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाण्डौको एक्यूआई २४६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै ठाउँ तथा देशका बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?