काठमाडौँ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन।
क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत ल्याए। शनिबार भएको मतदानमा अखिल क्रान्तिकारीका भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो भने नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका गौतम अध्यक्षमा थिए। यस्तै अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो।
निर्वाचनबाट सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए। उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए। उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ ल्याएर पराजित भईन।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच