भूमिसम्बन्धी अध्यादेश पास गराउन उपेन्द्रसँग कुरा भइरहेको छः एमाले सचिव भट्टराई

भूमिसम्बन्धी अध्यादेश पास गराउन उपेन्द्रसँग कुरा भइरहेको छः एमाले सचिव भट्टराई

अर्थ चौतारी

भूमिसम्बन्धी अध्यादेश पास गराउन उपेन्द्रसँग कुरा भइरहेको छः एमाले ...

A A- A+

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २९ वटा कानुन संशोधन गर्ने गरी सरकारले ल्याएको ६ वटा अध्यादेश संघीय संसद्को दुवै सदनबाट जसरी पनि स्वीकृत हुने बताएका छन् । आज (बिहीबार) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्यादेशको सन्दर्भमा शंका गर्नुपर्ने कुनै कुरा नरहेको बताए ।

भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा सरकारमै रहेका केही दलहरुबीच शंका, उपशंकाको वातावरण बनिरहेको अवस्था जानकारी गराउँदै उनले यससम्बन्धमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल भइरहेको पनि बताए ।

नेता भट्टराईले कांग्रेस–एमालेको वर्तमान सत्ता समीकरण ०८४ को निर्वाचनसम्म नै टिक्ने दाबी गरे । उनले हल्लाको पछि लागेर गठबन्धन केही हुने हो कि भन्ने भ्रममा नपर्न आग्रह गरे । आगामी २०८४ को निर्वाचनपछि भने एमालेले एकल बहुमतको सरकार बनाउने उनको दाबी छ ।

अब नेपालको निर्वाचन प्रणालीमा राजनीतिक समीकरणको परम्परा नै अन्त्य भएर जाने उनले बताए । सबै दलहरु आ–आफ्नो तरिकाले एक्लाएक्लै चुनाव लड्नुपर्ने उनको भनाइ छ । नेता भट्टराईले दलहरु आफ्नो सामर्थ्यमा एक्लाएक्लै चुनाव लडेको खण्डमा सरकार फेरबदलको परम्परा पनि अन्त्य हुने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?