काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा आज बिहान ११ बजे राखिएको छ । प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । त्सपछि उनी सोही हेलिकोप्टरबाट दिउँसो ३ बजे काठमाडौं फर्किने छन् ।
त्यसपछि प्रधानमन्त्री ओली एक प्रगतिशील बिहेमा सहभागी हुनेछन् । एमाले निकट विद्यार्थी संगठनका नेताहरुको प्रगतिशील बिहेको कार्यक्रम तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा राखिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच