पत्रकार महासंघको नयाँ नेतृत्व छान्न मतदान सकियो, आजैबाट मतगणना सुरू हुने

पत्रकार महासंघको नयाँ नेतृत्व छान्न मतदान सकियो, आजैबाट मतगणना सुरू हुने

अर्थ चौतारी

पत्रकार महासंघको नयाँ नेतृत्व छान्न मतदान सकियो, आजैबाट मतगणना ...

A A- A+

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान केही समयअघि सकिएको हो । मतदान सकिएसँगै आजै रातीबाट मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।

केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?