रविलाई संकटले घेर्दा रास्वपाका नेताहरु विदेश भ्रमणमा व्यस्त, फर्किन आजपनि पाएनन् टिकट

रविलाई संकटले घेर्दा रास्वपाका नेताहरु विदेश भ्रमणमा व्यस्त, फर्किन आजपनि पाएनन् टिकट

अर्थ चौतारी

रविलाई संकटले घेर्दा रास्वपाका नेताहरु विदेश भ्रमणमा व्यस्त, फर्किन ...

A A- A+

काठमाडौं । चीन भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु आज पनि स्वदेश नफर्किने भएका छन् । शनिबार राती उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ जना अन्य नेतहरु गरी १४ जनाको टोली चीन उडेको थियो ।

१४ जना नेता चीन उडेलगत्तै सभापति रवि लामिछाने आवद्ध गोर्खा मिडियाका पूर्व सञ्चालक छविवाल जोशी पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा जोशी पक्राउ परेसँगै उनकै पूर्व व्यापारिक साझेदार रहेका रवि पनि पक्राउ पर्ने चर्चा चलेको छ । पार्टी सभापति पक्राउ पर्ने भएपछि नेताहरुलाई स्वदेश फर्किन निर्देशन दिएको थियो । तर,टिकट नपाएको भन्दै उनीहरु चीनमै रहेका छन् । उनीहरु भोलिमात्र स्वदेश फर्किने कार्यक्रम रहेको रास्वपा स्रोतले जनाएको छ ।

उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

चीन भ्रमणमा रहेका खनाल स्वयं छानबिन समितिमा सदस्य रहेका थिए । समितिले कारबाही सिफारिस गरेपछि रवि सहितका नेताहरुले भने क्लिन चिट पाएको दाबी गर्दै मिडियामा भ्रम फैलाईरहेका छन् । रास्वपाकै केही नेताले भने छानबिन समितिले आफ्नो क्षेत्राधिकार नाघेर रविलाई कारबाही सिफारिस गरेको आरोप लगाएका छन् । तर,समितिमा रहेका सर्वसम्मत प्रतिवेदन बुझाएका शिशिर खनालले भने यसबारेमा मुख खोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?