काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानलाई सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूको संरक्षण गर्ने दस्तावेजको रूपमा परिभाषित गरेका छन् ।
जनताले लामो समयसम्म भोगेको निरङ्कुशताबाट मुक्त भएको कुरा स्मरण गर्दै भविष्यमा स्वतन्त्रताको संरक्षण आवश्यक रहेको उल्लेख उल्लेख गरेका छन् । ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ,’ उनले भनेका छन्, ’यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ ।’ उनले संविधानको रक्षा र यसको सफल कार्यान्वयनलाई नै समृद्धि र विकासको आधार मान्न आग्रह गरेका छन ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच